
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेश भ्रमणमै बिताएका छन् । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलार्ई यार्खयाख्ती पारिरहँदा मन्त्री ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमिरहेका छन् । जापान उनको १३ औं विदेश भ्रमण हो ।
उनी शुक्रबार काठमाडौं आइपुग्ने बताइए पनि सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे । नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताएका कयौं उदाहरणहरु छन् ।
दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ । तर अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन । अन्नपूर्ण
७ मंसिर २०७५, शुक्रबार
189
Shares







