सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका-१० च्याङबामा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । घडेरी खन्ने क्रममा सोलु दूधकुण्ड नगरपालीका-१० च्याङबाका ३८ वर्षीय ल्हाक्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । भूकम्पपीडितको आवास निर्माणको मजदुरी गर्दै आएका शेर्पाको ढुङ्गा उत्खनन् गर्ने क्रममा ढुङ्गा र ढिस्कोले पुरिएर घटना स्थलमै ज्यान गएको बताइएको छ ।

साथीसँगै काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गासहितको माटोको ढिस्कोले पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् । टाउकोमा चोट लागेकाले उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुखले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।







