
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ६ थातेङस्थित खोल्सीमा खानेपानीको मुहानमा सेनेटरी प्याड र डाइफरको थुप्रो भेटिएको फोटो सहति सगरमाथा अनलाईनमा समाचार प्रकाशित भएको समाचारको सत्यतालाई लुकाउन नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । यस्तो विज्ञप्तीले अनलाईनमा प्रकाशित समाचारप्रति नागरिकमाझ भ्रम सिर्जना गरी आफूलाई पानी माथिको ओभानो सावित गर्न दुष्प्रयास गरिएको भन्ने हाम्रो बुझाई हो ।
समाचार आएपछि नाम्गेल शेर्पा मेयरको ध्यानाकर्ष हुनु राम्रो विषय हो । तर, समाचारको सत्यतालाई ढाकछोप गरी भ्रम फैलाएको भन्नु कत्तिको पदीय मर्यादा हो ? मेयर साव ? के समाचारमा कुनै सत्यता थिएन त ? उसो भए सेनेटरी प्याड र डाइफरको थुप्रो जलाउँदै गरेको फोटो चाँहि के हो ? त्यो सत्यता होइन ? अर्को कुरा नयाँबजार र वसन्त बजारका नागरिकले त्यही खोल्सीको पानी पिउछन् । फोहोरको थुप्रो देखिपछि छात्राबासका विद्यार्थीले सरसफाई गरी सेनेटरी प्याड र डाइफरका थुप्रो त खाल्डो खनेर पुरीसकेका थिए । अनि नगरपालिकाका पदाधिकारी सो ठाउँमा हेर्न जाँदा कहाँ देखिन्छ त ?

मिडियामा समाचार आएपछि मात्र तातिने सोलुदुधकुण्डका जनप्रतिनिधीहरु हामीले त्यो समाचारमै जोडेको अर्को विषय चाँहि कहिले सम्बोधन होला । नयाँबजार, पुरानोबजार (दोर्पु), वसन्तबजा, सल्लेरी र फाप्लुका ट्वाइलेटका ढल खोल्सीमा मिसाइएको विषयमा किन मौन ? यदि समाचार आउँदैमा त्यसको सम्बोधन हुन्छ भने हाम्रो अनलाईनमा यो विषयमा दोस्रो पटक समाचार र भिडियो सार्वजनिक गरेका छौं । यसको चाँडै समाधान भै जिल्लाकै सदरमुकाम जस्तो ठाउँमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा होस ।
https://youtu.be/T62Z9bu5Q_A
भिडियोमा देखाइएको जस्तो सल्लेरीमा ट्वाइलेटको ढल मिसाइएको छैन भन्दै नगरपालिकाको विज्ञप्ती चाँडै आओस । होइन भने सस्तो लोकप्रियताका लागि नेपाली उखानमा भनिए जस्तै ‘गुन्द्रुकको झोलमा जात नफालौं’ भनेझै मात्र हुन्छ । माथिको भिडियो हेरेपछि को सही र को भ्रामक प्रचार र आम नगरबासीको आँखामा छारो हाल्ने काम गरिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
एउटै विषयमा दुईवटा विज्ञप्ती
सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो लाचारीपन ढाकछोप गर्न एउटै विषयमा दुई वटा विज्ञप्ती निकालेको छ । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पहिलो पटक जारी गरिएको विज्ञप्तीमा समाचार प्रकाशित अनलाइन र पत्रकारको नाम लेखिएको छ । तर, पहिलो पटक जारी गरिएको विज्ञप्ती लुकाउँदै पुनः दोस्रो पटक अनलाइन र पत्रकारको नाम नलेखि विज्ञप्ती जारी गरिएको छ । यसबाट पनि के थाहा हुन्छ भने नगरपालिकाले आफ्नो लाचारीपन लुकाउन नगरबासीमाझ फोहोरी हर्कत देखाएको छ ।
हेर्नुहोस एउटै विषयमा नगरपालिकाले जारी गरेको दुई वटा विज्ञप्ती

दोस्रो पटक सार्वजनिक गरिएको विज्ञप्ती तल हेर्नुहोस ।

१३ मंसिर २०७५, बिहिबार
1k
Shares







