काठमाडौँ, ८ पुस । पूवशिक्षा मन्त्री एवम् नेकपा (एमाले)का सांसद डा गङ्गालाल तुलाधरले उत्कृष्ट शोधबापतको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । जापानको सिमानी विश्वविद्यालयले डा तुलाधरले विद्यावारिधिका लागि प्रस्तुत गर्नुभएको शोध अनुसन्धानबापत उहाँलाई सो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि रु एक लाख ३० हजारसहित सम्मानपत्र रहेको छ । पुरस्कार प्राप्त गर्ने…