बर्दिवास, ७ पुस । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती बेलगाछी गाउँका एक युवाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा दैनिक पत्रिका गाउँलेलाई पढाउन लागेका छन् । सामाजिक र शैक्षिक जागरणका लागि गठित युवा सहयोगी समाज, बेलगाछीका अध्यक्षसमेत रहेका ३० वर्षीय युवा मन्नुकुमार साहले आफ्ना स्वर्गीय पिता ननिपत साहको स्मृतिमा पत्रिका किनेर ल्याएर गाउँलेलाई पढाउने काम सुरु गरेका हुन्…