काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिनुभएको हो । नेकपा (माओवादी केन्द्र)का सचेतक सीता नेपाली प्रस्तावक र नेकपा (एमाले)का काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिनुभएका उहाँ बिहीबार निर्विरोध…