२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

बागलुङ कालिकामा भक्तजनको घुइँचो

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ भक्तजनले भगवतीको दर्शन र पुजाअर्चनाका लागि मन्दिरमा आउने गर्छन् । समितिका अध्यक्ष राजु खड्काले…