काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ । बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८बुँदे सहमति गरेको बताए…