काठमाडौं । विश्वभर जलवायु परिवर्तनसँग लड्न बर्सेनि आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कन्फ्रेन्स अफ द पार्टिज’ (कोप) को उद्देश्य वातावरणको रक्षा गर्नु हो । तर एक नयाँ अध्ययनले वातावरण संरक्षणको बहस हुने त्यस्ता सम्मेलनहरूका वेबसाइट आफैं कार्बन उत्सर्जनको स्रोत बन्दै गएको खुलासा गरेको छ । यो अध्ययनको निष्कर्ष बेलायतको युनिभर्सिटी अफ एडिनबराका अनुसन्धानकर्ताले निकालेका हुन् ।…