काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् । बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि…