काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा(नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान ठोक्किएको…