काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया संघीय सरकारले औपचारिक रूपमा अघि बढाएको घोषणा गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई 'साम्पाङ' नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धरानबासीले शुद्ध खानेपानी पिउन पाउनुपर्छ…