काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित सडकमा प्र।३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क…