सप्तरी, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गर्नुभएको हो । अनुरोधपत्रमा छिन्नमस्ता– राजविराज– रुपनी– गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था…