श्रीनगर (भारत), १६ कात्तिक । भारत–पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् । भारत अधिनस्थ काश्मिरको रामगढ ग्रामीण इलाकामा पाकिस्तानी सेनाले बम र गोली प्रहार गर्दा दुईजना बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरी अधिकारी जोगिन्दर सिंहले बताए भने जिल्ला प्रशासक पवन कोतवालका…