सिओल । दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ–मूले कोरियाली सीमाक्षेत्रमा रहेका दशवटा सुरक्षा पोष्ट परीक्षणका रुपमा हटाउने बताएका छन् । गत अप्रिलमा अन्तर–कोरियाली शिखर बैठकमा भएको असैनिक क्षेत्रलाई “शान्ति क्षेत्र”का रुपमा रुपान्तरण गर्ने सहमति बमोजिम यो कदम चालिएको मन्त्री सोङले बताए । दुवै मुलुकबीच रहेको सैनिक तनाब कम गर्ने र विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यसहित एक उपायका…