दुर्घटनामा बालिकाको मृत्यु

0 Shares

दाङ, ४ असोज । दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
गढवाबाट खबरी जाँदै गरेको रा १ ज ३३ नं ट्याक्सी खबरी खोला नजिक रहेको बेदी भन्ने ठाउँमा गएराति दुर्घटना भएको थियो ।
बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हँुदा ट्याक्सी दुर्घटनामा परेको बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार