खुम्बुपासाङल्हामु गाउँपालिकालाई प्रदेश १ सरकारले दियो ५० लाख पुरस्कार !

  बुद्धवीर बाहिङ राई
133 Shares

विराटनगर । प्रदेश नं. १ सरकारले सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्यहामु गाउँपालिकालाई ५० लाख पुरस्कार प्रदान गरेको छ । प्रदेश सरकारले त्यस गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि सो पुरस्कार दिएको हो ।

प्रदेश नं. १ को आर्थिक वर्ष २०७५÷०७६ को बजेट मार्फत गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । प्रदेश नं. १ को राजधानी विराटनगरमा शुक्रबार एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्र र चेक हस्तान्तरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष शेर्पाले प्रदेश सरकारको विकासप्रेमी निर्णयले खुम्बुपासाङल्हामु गाउँपालिका मात्रै नभएर समग्र देशकै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । यस कार्यमा संलग्न सोलुखुम्बु प्रदेशसभा ‘ख’ सांसद तथा नेकपा प्रदेश नं. १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारी लगायत प्रदेश १ का सम्पूर्ण सांसदहरुलाई गाउँपालिका जनप्रतिनिधीहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार