१. तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो । काममा लगनशील भएर लाग्नुहोस ।
२. सफलताको सुरुवात बिन्दु भनेको सपना देख्नु हो । जब तपाई सपना देख्नु हुन्न सफलता शिखर आकाश जस्तै क्षितिजमा पुग्छ ।
३. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस । समय कहिल्यै पनि अनुकुल हुँदैन । जे काम गर्दै छौं, उच्च मनोबलका साथ लगातार काममा ध्यान देऊ ।

४. असफलता भनेको तिमीलाई अझ बढी जिम्मेवारीको लागि तयार बनाउने एउटा प्राकृतिक नियम हो । के तपाई जन्मिने बित्तिकै हिड्नु सक्नु भएको थियो र ?
५. ठूलो सफलता भनेको ठूलो त्यागको परिणाम हो । स्वार्थीपनले कहिल्यै ठूलो सफलता मिल्दैन । अरुले के भन्छन्, त्यो कुरामा ध्यान नदिनुहोस । म के गर्दैछु त्यो कुरामा ध्यान दिनुहोस ।
६. सफलताको भर्याङ्गको टुप्पोमा कहिल्यै पनि भींड हुँदैन । किनभने त्यो सफलताको शिखरमा ठूलो संघर्ष, त्याग र धर्यताले मानिस पुगेको हुन्छ ।
७. डर भनेको दिमागको एउटा स्थिति बाहेक केही पनि होइन । तपाई अरुको कुरामा होईन आफ्नो काममा ध्यान दिनुस ।
८. यदि तिमीले ठूलो काम गर्न सक्दैनौ भने, सानो काम अदभुत तरिकाले गर । जसले तिमीलाई थप ठूलो काम गर्ने हौसला र अनुभव बटुल्न मद्दत गर्छ ।
९. तिम्रो जिन्दगीको ‘मास्टर’ तिमी आफू हौ । तिम्रो जिन्दगी त्यतै हिंड्छ, जता तिमीले लैजान चाहन्छौ ।
१०. हरेक अप्ठ्यारो परिस्थिति, हरेक असफलता र हरेक चोटले तिमीलाई त्यति नै मात्रामा तिम्रो लागि नयाँ अवसर र फाइदाहरु लिएर आएका हुन्छन् ।