युवकको हत्या अभियोगमा तीनजना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद कासिम र अर्का एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दुर्व्यसनीसमेत रहेको बताइएको छ । लागूऔषध सेवन गरी भएको झगडामा कुटपिटपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस विषयमा थप जानकारी दिन काठमाडौं महानगरीय प्रहरी परिसरले अपरान्ह तीन बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार