नेपालमा एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

कुन जिल्लामा कति संक्रमित थपिए ?

  सगरमाथा अनलाईन
189 Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । भने एकै दिन १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८ सय २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ भने ८ लाख ४२ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय ५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै २३२, मोरङमा २१२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा ८६, बाँकीमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८‍, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२÷२२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार