३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

‘नेचासल्यान बासीले जिताए जनमैत्री विकास गर्छु’: अध्यक्षका उम्मेदवार कट्टेल



सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र कट्टेलले आफूले जिते नेचासल्यानमा जनमैत्री विकास गर्ने दाबी गरेका छन् ।

नेचासल्यान गाउँपालिकाको बिहीबारे बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कट्टेलले नेचासल्यान बासीले मतदान गरेर विजयी गराए जनमैत्री विकास गर्ने दावी गरेका हुन् । विगतको ५ वर्षमा अरबौ बजेट आएपनि डोजरले जमिन भत्काउने भन्दा दुरदर्शी काम नभएको आरोप लगाउदै कट्टेलले माओवादीले नेतृत्व गर्ने अवसर पाए प्रतिबद्धता पत्रमा जनाएका योजना कार्यान्वयन गर्ने बताए ।

‘म कसैको लागि हराउन उठेका हैन् । जस्ले हराउन भनिरहेका छन् । उस्लाई त हराउने हो । अन्य उम्मेदवारलाई पनि पछि पारेर जित्न आएको हो ।’ उम्मेदवार कट्टेलले भने, ‘नेचासल्यान बासी आम जनताले यूवालाई सेवा गर्ने अवसर दिनेमा कुनै शंका छैन ।’

कट्टेलले माओवादीको नेता संघीय सांसद भएपछि विद्युत, सडक, सञ्चार, खानेपानी, सिंचाईका योजनामा विनियोजित बजेट र कामलाई हेर्दा काम माओवादीले नै गर्छ भन्ने प्रमाणित भएको बताए ।

नेचासल्यानमा माओवादी केन्द्रले नेकपा एकिकृत समाजबादीसँग गठबन्धन गरेको छ । उपाध्यक्ष र वडा नं ३ मा महिला सदस्य दिएको नेकपा एसले उपाध्यक्षमा डिल्ली राईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : २७ बजे