फोनिज यूके पत्रकारिता पुरस्कार वितरण,फोनिको लागि वार्षिक बजेट पहल गर्ने :मन्त्री मोदी ,संघीय मामिला

0 Shares

काठमाडौ । फोनिज पत्रकारिता पुरस्कार यूकेशाखाबाट आदिवासी जनजाति अग्रज पत्रकारद्धाय रमिता लामा र निपेन्द«लाल श्रेष्ठ पुरस्कृत भएका हुन् । रमिता लामा रेडियो नेपालमा लामो समय देखि भाषिक समाचारवाचिकाको रुपमा कार्यरत पश्चात अवकाश प्राप्त हुन् ।

त्यस्तै निपेन्द«लाल श्रेष्ठ लामो समयदेखि भाषिक पत्रकारितामा आवद्ध हुन्् र नेवारी भाषिक पत्रिका लहनाका प्रधान सम्पदाक समेत हुन् । पुरस्कार विततरण कार्यक्रमका प्रमुख अतिथि संघयीय मामिलामन्त्री अमनलाल मोदी,कार्यक्रम सम्बोधन गर्दै,फोनिज आदिवासी जनजाति सञ्चारकर्मीहरु आवद्ध संस्था जो विशुद्ध आदिवासी जनजातिहरुको मुद्धालाई उठान गर्ने भएकोले यसलाई अझ सशक्त बनाएर अगाडि लैजानुपर्ने र आफ्नो तर्फबाट फोनिजका निम्ति बार्षिक बजेट नै विनियोजन गर्न सशक्त पहल गर्ने बताए । सोही क्रम्मा प्रसङ्गवस देशमा लोकतन्त्र,गणतन्त्र आएको र जनआकांक्ष अनुसारको संविधान नै जारी भइसकेकाले पूर्व राजा एक दुई जना भैला पारी,देशमा फेरि राजा आउँछ भन्नु मूर्खता हो । चुपलागेर बस्नु नै पूर्व राजाका लागि हितकार हुने बताए ।

मा, अमनलाल मोदी,मन्त्री संघीय मामिला
मा,मन्त्री ज्यूबाट पुरस्कृत सञ्चारकर्मीलाई सम्मान गर्दै

सो कार्यक्रम्मा फोनिजको संघीय अध्यक्ष गजुरधन राईले पुरस्कृत सञ्चारकर्मीहरुलाई हार्दिक बधाई साथै फोनिज यूके र नेपालबीच संस्थागत समन्वाय गरि,यूके फोनिज पत्रकारिता पुरस्कार वितरण नीतिगत रुपमा गर्दै आइरहेको र नेपालमा आदिवासी जनजातिको सामाजिक मुद्धामा केन्दि«त भएर आदिवासी जनजातिको विषय उठान गर्ने गैर जनजाति सञ्चारकर्मीलाई पनि पुरस्कृत फोनिजले गर्दै आइरहेको स्मरण गर्दै,नेपालबाट नाम सिफारिस गर्नेमात्र हो र पूर्ण रुपमा निर्णायक अधिकार यूके फोनिज बोर्डलाई अधिकार रहेको बताए ।

सो फोनिज यूके पुरस्कार बेलायत निवासी आदिवासी जनजातिको पहलमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो । सो अक्षयकोषको ब्याजले प्रत्येक वर्ष अग्रज पत्रकारहरुलाई फोनिज यूके पुरस्कार प्रदान गर्दै आएको फोनिजका पूर्व महासचिव,वर्तमान सल्लाहकार मनोज घर्तीेले बताए । फोनिज यूके शाखा अध्यक्ष गोमा रानाले सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्न पाउँदा आफू लगायत फोनिज यूके समिति गर्भित भएको बताइन् । सो कार्यक्रम्का सम्मानित,पुरस्कृत व्यक्तित्व अग्रज सञ्चारकर्मी रमिता लामाले माृतभाषामा पत्रकारिता र विगतका अनुभव सुनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार