आन्दोलनरत पक्ष र प्रहरीबीच झडप प्रहरीले हान्यो अश्रुग्यास [भिडियोसहित]

  सगरमाथा अनलाईन
84 Shares

विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुनस् नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

https://youtu.be/lIP_0BQrvQk

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार