तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् ।
यसैगरी गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।
तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि शुरु भएको थियो । शुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।
आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना अझै शुरु भएको छैन ।