२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

लामाजुरास्थित च्यानडाँडाँ दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर [भिडियोसहित]



फाईल तस्वीर

सोलुखुम्बु । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरास्थित च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

‘अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

https://youtu.be/BxSWFx9PSd0

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ५१ बजे