पर्यटक हिड्ने बाटोमा डोजर नलगाईदिनुस: अध्यक्ष बास्तोला

  सगरमाथा अनलाईन
280 Shares

सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरी बास्तोलाले पर्यकीय पदयात्रालाई विकासको नाममा डोजर नलगाउन आग्रह गरेका छन् ।

एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बास्तोलाले पछिल्लो समय विभिन्न स्थानीय तहले मोटर बाटो बनाउने नाममा पर्यटकीय पदयात्रा गर्ने बाटो भत्काएको भन्दै त्यस्ता पर्यटकीय पदमार्गलाई नभत्काउन आग्रह गरेका हुन् । ‘पर्यटन सँगसँगै स्थानीय नागरिकले हरेक क्षेत्रको विकासमा चासोका साथ लाग्नु पर्छ । अनि मात्रै हाम्रो गाउँठाउँको विकास हुन्छ ।’ अध्यक्ष बास्तोलाले भने, ‘हामीले पर्यटक गन्तव्यलाई जोड्न प्याकेजवाइज रुपमा सक्दो प्रचारप्रसार गर्न सक्नु पर्छ । अनि मात्र हामीले पर्यटकहरुको ध्यान तान्न सकिन्छ ।’

कुनै पनि गन्तव्य चल्नको लागि समय लाग्छ । अहिले हामीले यो गन्तव्यको उद्घाटन गरेका छौं । अहिले यो ट्रेलमा तत्कालै पर्यटक आउँछन भन्ने हुँदैन । अबको केहि वर्षपछि चल्न सक्छ । त्यसैले हामीले यो ट्रेललाई कुनै चलेको पर्यटकीय क्षेत्रसँग जोड्न सकियो भने मात्रै यसले सार्थकता पाउने छ । पर्यटन भनेको परम्परादेखि चलि आएका राम्रो सँस्कार, सँस्कृतिलाई देखाउन सक्छौं त्यसैमा पर्यटकहरुको आकर्षण हुन्छ ।

पर्यटकीय क्षेत्र विकास गर्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यो ट्रेलको सक्दो प्रचारप्रसार गरिदिन हुन अनुरोध गर्दछु, बास्तोलाले भने । यहि माप्य गाउँपालिकामा बसाेबास गर्ने करिब ४०/५० भन्दा बढि साथीहरुले ट्रेकिङ अफिस चलाएर बस्नु भएको छ । तपाईहरुको ट्रेकिङ प्याकेजमा अब यो एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको पनि प्याकेज थप गर्नु पर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार