सोलुखुम्बु जिल्ला पर्यटनमा मात्रै होईन सँस्कृतिमा पनि धनी छ: सांसद राजभण्डारी

  सगरमाथा अनलाईन
273 Shares

सोलुखुम्बु । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लामा धेरै सँस्कृति रहेकाले साँस्कृतिक रुपमा सोलुखुम्बु धनी भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सेतो हिमालले मात्रै अबको समयमा पर्यटकहरु धेरै दिन बस्न नसक्ने भन्दै जिल्लाभित्र रहेका विभिन्न साँस्कृतिलाई पर्यटनसँग जोड्न सक्नु नै आजको आवश्यकता भएको बताएका हुन् ।

सांसद राजभण्डारीले सरकारले पर्यटन क्षेत्रमा देखिने विकास गर्न नसकेको आरोप लगाएका छन् । ‘सरकारले हाम्रो हिमालहरुको, हाम्रो पर्यटकीय क्षेत्रको राजस्व लिने तर एक पैसा हाम्रो पर्यटकीय क्षेत्रमा विकास नगर्ने कस्तो सरकार हो ।’ राजभण्डारीले भने, ‘यदि हामीले हाम्रो क्षेत्रको पर्यटकीय क्षेत्रको राजस्व तिर्न बाध्य नहुने परिस्थिति सिर्जना गर्यौं भने केन्द्र र प्रदेश सरकारलाई चेतावनी दिन चाहन्छु ।’

सरकारले हाम्रो पर्यटकीय क्षेत्रलाई वेवास्ता गर्ने, तराईका क्षेत्रमा करोडौं लगानी गर्ने तर सगरमाथा क्षेत्र जाने बाटोमा बजेट हाल्न कन्जुस्याई गर्ने । सोलुखुम्बु जिल्लाले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । खुम्बु जाने सडकलाई रकम दिएको छैन । त्यसैले प्रधानमन्त्री, अर्थमन्त्रीलाई सगरमाथा क्षेत्र जाने सडकलाई आवश्यक रकम व्यवस्था गरी सहज रुपमा सगरमाथा क्षेत्र जाने पर्यटकहरुलाई बाटो बनाइदिनु अनुरोध गर्दछु, राजभण्डारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार