थुलुङ दुधकोशीमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सुरु

  सगरमाथा अनलाईन
189 Shares

साृेलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा एक महिने लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सकारात्मक सोचाइले मात्र मानिसलाई सफलताको विन्दुमा पुर्याउने बताउनुभयो । सामाजिक विकासको मुख्य बाधक नकारात्मक सोच बिचारनै भएको भन्दै अध्यक्ष राईले त्यस तर्फ युवाहरू सचेत रहनुपर्ने बताउनुभयो ।

अहिले गाउँपालिकाले भौतिक विकास सङ्गै सामाजिक विकासलाइ सङ्गसङ्गै अघि बढाएको भन्दै अध्यक्ष राईले युवाहरूलाई लगनशील भएर अध्ययन गरि निजामती र स्थायी शिक्षक बन्न शुभकामना दिनुभयो ।

तालिममा ८६ जनाको सहभागिता रहेको छ । विहान र बेलुका गरि दुई चरणमा कक्षा सञ्चालन गरिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार