भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले उचाले

  सगरमाथा अनलाईन
1.3k Shares

काठमाडौं । सिङगिङ रियालीटि शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार भएको ग्रान्ड फिनालेमा टिम मिलनबाट राईले सिजन ५ को उपाधि जितेका हुन् ।

भ्वाइस अफ नेपाल सिजन ५ मा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।

यी ३ समूहलाई पछि पार्दै राईले सबैभन्दा बढि भोट पाएर उपाधि चुम्न सफल भएका हुन् । थर्ड रनर अफ टिम प्रमोदबाट नोगेन लिम्बु भए भने सेकेण्ड रनर अप टिम उदयबाट कुमार प्रयास राई, फस्ट रनर अफ टिम मकरबहादुर तामाङ भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार