४० दिनपछि खुल्यो खुम्बु पासाङल्हामु १ नं. वडा

  सगरमाथा अनलाईन
6.1k Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ ४० दिनदेखि बन्द रहेको वडा कार्यालय सोमबारदेखि खुलेको छ । गाउँपालिका अध्यक्ष मिङमारछिरी शेर्पाको स्वेछाचारी गतिविधिका कारण बन्द रहेको वडा कार्यालय २० बुँदे माग गाउँपालिकाले सम्बोधन गरेपछि कार्यालय खुलेको हो ।

गाउँपालिकाको ८६ औं कार्यपालिका बैठकले वडा नं. १ का जनप्रतिनिधीहरुले राखेको माग पूरा गरेपछि वडा कार्यालय खुलेको वडा अध्यक्ष फुनुरु शेर्पाले बताए । खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गतका वडा कार्यालय र गाउँ कार्यपालिकाको कार्यालय बीच विगतमा समन्वय, सञ्चार र सहयोगमा भएका विषयमा समीक्षा समेत गरिएको अध्यक्ष शेर्पाले बताए ।

१ नं. वडा कार्यालयबाट पेश भएका २० बुँदे मागको सम्बन्धमा छलफल गरी आगामी दिनमा सहमति, सहकार्य र समन्वयमा कार्य सम्पादन गर्ने साथै १३ औ गाउँ सभामा बजेट विनियोजन नभएका योजनाहरुको सम्बन्धमा राखिएका माग आगामी गाउँ सभामा पेश गर्ने साथै १ नं. वडा कार्यालयका जनप्रतिनिधीहरुबाट प्रवाह गर्नु पर्ने सबै सेवाहरु तत्काल शुरु गर्ने निर्णय भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार