थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत

  सगरमाथा अनलाईन
28 Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ । गाउँपालिकाले सोमबार आयोजना सार्वजिनक सुनुवाइ तथा सामाजिक परीक्षण गर्दै कुल विकासे बजेट रु।१४ करोड ७७ लाख २९ हजार ९३८ मध्ये रु।८ करोड ८६ लाख ३७ हजार ९६२ अर्थात ६० प्रतिशत वित्तीय प्रगति रहेको जानकारी गराइएको हो।

यस वर्ष ७८ वटा गाउँपालिका स्तरीय योजनाहरु मध्ये ४२ वटा सम्पन्न भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो । पालिकाको सभाहलमा भएको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइमा हालसम्मको विकासे प्रगति, सेवा प्रवाह तथा प्राप्त उपलब्धिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

बृहत जनसहभागितासहित सम्पन्ना सार्वजनिक सुनुवाइमा उपस्थित भएका पालिकावासीले गाउँपालिकाको विकास निर्माणको सबालमा खुलेर प्रशंसा गरेका थिए ।गाउँपालिका नेतृत्वको भिजनले गाउँपालिका सम्वृद्ध बन्दै गएको भन्दै वडा नं। १ नेलेका लाल बहादुर श्रेष्ठले पालिका भित्रका सडकलाई सरकारीकरण गर्न सझाव दिनुभयो ।

यस्तै कार्यक्रममा सहभागी इन्द्र बहादुर बस्नेतले भौतिक पुर्वधार संगै सामाजिक क्षेत्रको विकासमा जेष्ठ नागरिकलाई समेत समेटर कार्यक्रम निर्माण गरि सरकारको अनुभूति गराएको भन्दै धन्वाद ज्ञापन गर्नुभयो । जंगलिजनवारले बालीनालिमा क्षति पुर्याएको प्रति ध्यान दिनुपर्ने, केही ठेकेदारले काम लगाएर ज्याला नदिएको लगायत कार्यक्रममा उठेका विषयमा सरोकारवालाहरुले राखेका जिज्ञासा तथा प्रश्नको पालिका अध्यक्ष असिम राईले जवाफ दिनुभएको थियो ।
थुलुङ दुधकोशीको हरेक विकास र सेवा प्रवाह नागरिकलाई केन्द्रमा राखेर काम गरिएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले सुशासन र पारदर्शिताको सवालमा आफू र मातहतका सबै नै प्रतिबद्ध रहेको बताउँनुभये । यदि कुनैपनि कर्मचारी र जनप्रतिनिधिले भ्रष्टाचार गरेको प्रमाणसहित आएको सवालमा तत्काल कार्बाही गर्ने उहाँको भनाई छ ।

पालिकाको नौ वटै वडामा चालू आर्थिक वर्ष २०८०र०८१ को हालसम्मको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सकेपछि गाउँपालिकामा आयोजना गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष सबिता राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार