दीपेन्द्रले यसरी हाने एकै ओभरमा ६ छक्का [भिडियोसहित]

  सगरमाथा अनलाईन
42 Shares

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्दै इतिहास रचेका छन् । दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार ओमानमा भएको खेलमा उनले कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका हुन् । नेपाल १९ औं ओभरमा १७४÷७ को अवस्थामा थियो । दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन हानेपछि नेपालको स्कोर २१० पुगेको थियो ।

दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको एक यादगार इनिङ खेले । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा हानेको ६ छक्का यस प्रकार थियो ।

पहिलो बल ः पहिलो स्लो सट बल थियो । दीपेन्द्रले त्यो बल मिड विकेटमाथि उठाउँदै छक्का हानेका थिए ।

दोस्रो बल ः दोस्रो बलमा वाइड घेरा भन्दा बाहिर गर्दै बलर कमरान खान बच्न खोजेका थिए । तर दीपेन्द्रले त्यसलाई डीप प्वाइन्टमा सुन्दर छक्का हाने ।

तेस्रो बल ः तेस्रो बलमा कमरानले पुनः सट गर्न खोजेका थिए । बलमा गति थिएन । त्यसैले सहजै रुपमा दीपेन्द्रले डीप मिडविकेटमा छक्का हाने ।

चौथो बल ः सुरुवाती तीन बलमा छक्काले खान दबाबमा थिए, त्यसैले चौथो बलिङ अफ साइडमा फुल लेन्थमा गरे । त्यो बललाई दीपेन्द्रले कभरको माथि छक्का हाने ।

पाँचौं बल ः कमरानले पुनः सट बल खेले । दीपेन्द्रले पहिलो र तेस्रोमा जस्तै डीप मिडविकेटमा छक्का हाने । बलमा गति नहुँदा दीपेन्द्रलाई निकै सहज भएको देखिन्थ्यो । उक्त बल अर्को मैदानमा पुग्दा मलेसियाका फिल्डरले फालेका थिए ।

छैटौं बल ः सुरुवाती पाँच बलमा छक्का खाएका खानले अन्तिममा स्लो सट बलिङ गरे । लेग साइडको बल दीपेन्द्रले डीप मिडविकेटमाथि शानदार छक्का हानेका थिए । यसरी उनी लगातार ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने । उनी टी–२० आईमा भारतका युवराजसिंह र वेष्ट इन्डिजका काइरन पोलार्डपछि ६ बलमा ६ छक्का हान्ने पहिलो क्रिकेटर हुन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार