विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

  सगरमाथा अनलाईन
21 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।

भविष्यका नयाँ चुनौती पूरा गर्न, माओवादी पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाइमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामबद्ध भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार