सुहाङलाई ३ हजार ७ सय बढीको अग्रता

  सगरमाथा अनलाईन
182 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजार ७ सय ३४ मत पु¥याएका छन् ।

सुहाङले ११ हजार ९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार २ सय ७५ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ८ सय ६९ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५ सय ९ मत पाएका छन् ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार