बनारस उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

  सगरमाथा अनलाईन
126 Shares

काठमाडौं । काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काईएको छ ।
सोमबार बिहान यात्रु लिएर भारतको बनारस उड्ने तयारीमा रहेका बेला प्राविधिक समस्याको संकेत देखिएपछि जहाजलाई पार्किङ वेमा फर्काएर राखिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो । सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने, ‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार