नेकपा सोलुको इञ्चार्ज हेरफेर, इञ्चार्जको जिम्मेवारी सांसद राईलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु इञ्चार्जको जिम्मेवारी संघीय सांसद एवं केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरवीर’लाई दिइएको छ । जिल्लामा पहिले इञ्चार्ज सम्हालेकै व्यक्तिलाई जिम्मेवारी दिइनुपर्ने निर्णय भएकाले सांसद राईलाई जिम्मेवारी दिइएको हो । नेकपाको केन्द्रीय सर्कुलर अनुसार पहिले जिल्लामा ईञ्चार्ज सम्हालेकै व्यक्तिलाई जिम्मेवारी दिने निर्णय भए पनि सोलुखुम्बुमा त्यसो भएन । य...

प्रधानमन्त्री ओलीको राष्ट्रियसभामा ९ जना मनोनित गर्ने प्रस्ताव !

काठमाडौं । संविधान संशोधन गर्दा राष्ट्रपतिको अधिकार थप्ने र राष्ट्रियसभामा मनोनित सदस्य संख्या ३ बाट बढाएर ९ जना बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीको थियो । तर, राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्ने बामदेवको शर्त भएकाले संविधान संशोधन कार्यदल गठन भयो । नेकपाभित्र र बाहिरबाट त्यसको चर्को आलोचना भयो । कार्यदलमा राखिएका नेताहरु नै विपक्षमा उभिए । बुधबारको सचिवालय बैठकले संविधान संशोधन...

सचिवालय बैठकमा बामेदवले किन भने ‘मलाई पार्टीबाट निकाल्नुस’

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमको विषय आउन साथ कुनै न कुनै किसिमले विवादित बन्ने गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष गौतमले आफ्नो बारेमा कुनै न कुनै किसिमले पार्टीमा विवाद आउने गरेको भन्दै गुनासो गरेका हुन् । हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वलाई सोधे, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस, होइन भने खेल बन्द ग...

संविधान संशोधन नेकपा कार्यदल भङ्ग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भ...

सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !

काठमाडौं । नेकपामा चलेको संविधान संशोधनको बहसले आजका दैनिक पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार’ शीर्षक दिएर संविधान संशोधनका नेकपाका मूल ४ एजेन्डाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरे पनि अधिकार बढाउने गरी नेकपामा छलफल थालिएको छ । देशमा अप्ठ्यारो आइ...

प्रतिनिधीसभा बैठक : खोई सांसद ? … गणपुरक संख्या पुर्याउन २ पटक घण्टी बजाइयो ! [फोटोफिचर]

काठमाडौं । मंगलबार बसेको प्रतिनिधीसभा बैठकमा सांसदको गणपुरक संख्या नपुगेपछि दुई पटक ३÷३ मिनेट घण्टी बजाएर सांसदको संख्या एकिन गर्न सभामुखले सचिवालयका ककर्मचारीलाई निर्देशन दिए । पहिलो पटक त जसोतसो बैठकमा एक चौथाई अर्थात ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ७० जना उपस्थित भएपछि बल्ल गणपुरक संख्या पुग्यो । नेपालको संविधानको धार ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधीसभाक...