६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

अवरोध भए निर्वाचनमा सेना परिचालन गर्नुपर्छ ः बिजुक्छे


१६ फाल्गुन २०७३, सोमबार  

0
Shares

भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा सांसद बिजुक्छेले स्थानीय निर्वाचन नगराउनका लागि विदेशी चलखेल सुरु भएको विचार व्यक्त गर्दै मुलुकभर एकैदिन सम्भव नभए खण्डखण्डमा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्दै सरकारले चाहेमा तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार  १२ : ३६ बजे