२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

कांग्रेस छोडेर दर्जनौं एमालेमा प्रवेश, चिसंखुगढीमा एमालेको प्रचार अभियान तीव्र



ओखलढुंगा, १४ चैत । नेकपा एमालेले स्थानीय निर्वाचनको तयारी तथा प्रचारलाई तीव्रता दिएको छ । चिसंखुगढी गाउँ पालिकामा वडा वडामा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । महिला र युवाको समेत छुट्टाछुट्टै निर्वाचन परिचालन कमिटी गठन भएका छन् । वडा नं. ८ माम्खामा सुशिलजंग कार्कीको अध्यक्षतामा ५७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । त्यस्तै आषेश राइको अध्यक्षमा २५ सदस्यीय युवा समिति गठन भएको छ ।
रातमाटे मा दीप बहादुर वस्नेतको अध्यक्षतामा ४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । नेकपा एमालेका नेता तथा सांसद हर्कबोल राईको प्रमु आतिथ्यतामा भएको कार्यक्रममा कल्पना बस्नेतको अध्यक्षतामा १५ सदस्यीय महिला समिति समेत गठन भएको छ ।
निर्वाचनको प्रभावकरी प्रचारका लगि महिला र युवा समिति गठन गरि परिचालन गरिएको सांसद राईले जानकारी दिए । एमालेले अभियानमा पार्टी प्रवेशको कार्यक्रम पनि संगै अघि बढाएको छ । रातमाटेमा नेपाली कांग्रेसका स्थानीय नेता सोमबहादुर राई र प्रकाश राईसहित एक दर्जन एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । सांसद राईले पार्टीको सदस्यता दिएर एमालेमा स्वागत गर्नुभएको एमाले नेतृ सुस्मा राईले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७३, मंगलबार  २ : २२ बजे