काठमाडौं । समाजसेवी अनिता ताम्बुछा म्यूजिक भिडियो मार्फत अभिनयमा आएकी छन् । समाजसेवीको रुपमा छुट्टै पहिचान बनाएका ताम्बुछा म्यूजिक भिडियो मार्फत अभिनयमा आएकी हुन् ।
अभिनयमा भने उनको यो पहिलो अनुभव हो । अनिश खालिङ बचाउ अभियान, रुद« बचाउ अभियान र कल्पना बाहिङ बचाउ अभियानमा सक्रिय रुपमा भूमिका निभाएका ताम्बुछा समाजसेवासँगै अभिनयमा आएका हुन् ।
सुमित्रा नाछिरिङको शब्द/संगीत, चन्दा घिसिङको आवाजमा रहेको ‘हावाको तरंग’ बोलको गीत मार्फत ताम्बुछा अभिनयमा आएका हुन् । म्यूजिक भिडियोको अभिनयमा उनलाई आशिस लामा घलेले साथ दिएका छन् ।
गीतले नेपाली समाजमा भए गरेका युवाहरुको समस्यासँगै प्रेमी प्रेमीकाको चरित्रलाई जीवन्तता दिएको छ । दुर्घटनामा परेपछि प्रेमीले अर्कै प्रेमिकालाई रोजेपछि, भावविह्वल भएकी प्रेमिकाले आफू अपाङग भएको भन्दै आफ्नो उद्देश्य र भविष्यको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
भिडियोको निर्देशन देव नेपालले गरेका छन् । म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्यु च्यानबाट सार्वजनिक गरिएको छ ।
१७ कार्तिक २०७४, शुक्रबार
210
Shares







