वि.सं. २०३८ सालबाट प्रत्यक्ष रुपमा राजनीति शुरु गरेका बुद्धिकुमार राजभण्डारी बाम गठबन्धनका साझा उम्मेदवारको रुपमा सोलुखुम्बु निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्ष उम्मेदवार भएका छन् । भण्डारीले अनेरास्ववियू छैठौंको जिल्ला उपाध्यक्षबाट औपचारिक रुपमा राजनीतिक यात्र शुरु गरेका थिए । उनी वि. सं. २०४० सालमा जनमोर्चाको जिल्ला सचिव भए । वि. सं. २०४९ सालमा जनमोर्चाबाट सल्लेरी वडा ७ को वडा अध्यक्षमा विजयी भए । वि. सं. २०५१ सालको जेठ ३ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा आएको एक हप्तामा जिल्ला कमिटि सदस्यसँगै कार्यालय सचिवको जिम्मेवारी राजभण्डारीलाई दिइएको थियो । वि.सं. २०५३ साल मंसिरमा दोस्रो जिल्ला अधिवेशनबाट उनी पार्टी सचिव भए ।

वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रत्यक्ष उम्मेदवार भएका थिए । दोस्रो संविधान सभाको निर्वाचन २०७० सालमा उनी समानुपातिक उम्मेदवार भएका थिए । आसन्न प्रदेश सभाको निर्वाचनको समसामयिक विषयमा सगरमाथा अनलाईका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेका कुराकानीको मुख्य अंश ।
तपाईको मुख्य एजेण्डा के छ ?
मेरो पहिलो एजेण्डा भ्रष्टाचार रहित योजना सञ्चालन हो । किनभने अहिले जति पनि योजनाहरु सञ्चालन भएको छ त्यो भ्रष्टाचारकै कारणले हुनु पर्ने जत्ति काम नभएको हुनाले पहिलो मेरो प्राथमिकतामा भ्रष्टाचर रहित योजना सञ्चालन गर्नु हो । दोस्रो एजेण्डा भनेको शुसासन हो । शुसासन भनेको हरेक क्षेत्रमा बेतिथि छ । त्यसलाई कानुन सम्मत सञ्चालन गर्नु पर्छ भन्ने मान्यतालाई अगाडि सार्नु पर्छ भन्ने मलाई लाग्छ । जनताको धेरै आवश्यकता छ । बेरोजगारीहरु बढेको छ । त्यो बेरोजगारीलाई रोजगारी दिनको निमित्त पार्टीले अगाडि सारेको एजेण्डालाई मूर्त रुप दिन बाम गठबन्धनको तर्फबाट अगाडि बढेको हो ।
स्थानीय तह निर्वाचनमा बाम गठबन्धनले पाएको मत सुरक्षाको लागि तपाई कसरी जानुहुन्छ ?
बाम गठबन्धनको साझा उम्मेदवार भएकाले म आङगेलु जी भन्दा ह्याब्बी वेट उम्मेदवार हो । हामीले स्थानीय तह निर्वाचनमा पाएको मत सुरक्षा गर्नको लागि सबै बुथ कमिटि, वडा कमिटि, गाउँ कमिटि र नगर कमिटि बनाएर जनताको मतलाई सुरक्षा गर्ने यसको साथै जनताहरुलाई सुरक्षा प्रदान गरेर हाम्रो मत रक्षा गर्नेछौं । जसको लागि हामीलाई सोलुखुम्बुका न्यायप्रेमी जनताहरुले सँधै साथ र सहयोग गर्नेछन् ।
विपक्षीहरुले जातीय नारा लगाएर भोट मागिरहेका छन्, यसलाई तपाई कसरी चिर्नु हुन्छ ?
पराजित मानसिकताले जातिय नारा लगाएर भोट माग्नु बेकार छ । हिजो कम्युनिष्ट आन्दोलनमा लाग्दाखेरी हामीले दुई वटा जात हुन्छ भन्ने मात्रै बुझेका हौं । अहिले जति हामीसँग कार्यकर्ता र हाम्रो समर्थक जनताहरु हुनुहुन्छ ? उहाँहरुले पनि त्यो कुरा बुझ्नु भएको छ । कोहि न्यूटोल रहने जनताहरु जातिगत, क्षेत्रिगत, धर्मगत रुपमा लाग्न सक्छन् । तर म त्यो कुरामा विश्वास गर्दिन तपाईलाई जात, धर्म, र क्षेत्रको आधारमा भोट माग्ने नेताले भोली तपाईको काम गर्छ भन्ने के ग्यारेन्टी छ । त्यसैले तपाईलाई ती नेताले भोट बैंकको रुपमा प्रयोग गर्छ ।
बाम गठबन्धनको पक्षमा जत्ति हिजो हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ ? भोली पनि हुनुहुन्छ र भविष्यमा पछि पनि हुनुहुन्छ भन्ने मलाई लाग्छ र त्यो गठबन्धनको मतलाई जोगाउनु नै हाम्रो पहिलो प्राथमिकता हुन्छ । त्यस अर्थमा मलाई कुनै द्धिविधा छैन । जातको आधारमा, क्षेत्रको आधारमा, भाषाको आधारमा र धर्मको आधारमा भोट हाल्छ भन्ने कुरा विश्वास गर्दिन ।
बाम गठबन्धन समर्थित जनताले त तपाईलाई भोट दिईनै हाल्छन्, अन्य विचार र सोच भएका जनताले तपाईलाई किन भोट दिने ?
हाम्रो बाम गठबन्धन भन्दा भिन्न विचार राख्नुहुने जनताहरुले मलाई भोट दिनुहुन्छ, भन्ने मलाई विश्वास किन छ भन्दाखेरी म सँधै जिल्लामा बसेर सबैको काम गरिरहेको छु । न पक्ष भनेको छु, न विपक्ष भनेको छु । समस्या परेको ठाउँमा मैले समाधान गरेको छु । जनताको साथमा छु । जनतको काम गरेको छु । र जनताको माया पनि मैले पाएको छु । त्यसैले बाम गठबन्धनका मत बाहेक नेपाली कांग्रेसको, नयाँ शक्ति नेपालको र सोलु जिल्लामा क्रियाशिल अन्य राजनीतिक दलहरुको जनताले पनि मलाई भोट हाल्नु हुनेछ भन्ने लाग्छ । र मलाई भोट दिनु हुन्छ ।
पहिले संसदीय निर्वाचन र अहिलेको संघीय निर्वाचनमा के फरक छ ?
पहिलेको र अहिलेको निर्वाचनमा धेरै फरक छ । किनभने २०६४ सालमा मैले जुन बेलामा टिकट पाएको थिए, त्यो बेलामा एउटा लहड चलेको थियो । त्यो लहडको विषयमा मैले धेरै गफ गर्न चाहन्न । दोस्रो २०७० सालको निर्वाचनमा त्यो लहड अलिकति मत्थरीयो । र अहिले देशमा नयाँ संविधान आएको छ । नयाँ संविधान मुताविक पहिलो निर्वाचन हुँदैछ । अहिले विल्कुलै नयाँ भनेको प्रदेश सभाको निर्वाचन । त्यसैले सबैले सुझबुजका साथ मत हाल्नु पर्छ । ताकी त्यहाँ कुनै किसिमको विभेदहरु, कुनै किसिमका अप्ठ्यारो परिस्थितिहरु नर्पनको निम्ति सबै जनता, भाषा, धर्म, वर्ग, जात, लिङ्गलाई समानुपातिक ढंगले अगाडि बढाउनु सक्ने कुशल नेताको रुपमा म आफूलाई हेर्छु ।

यदि तपाई विजयी भएर गएपछि ५ वर्षभित्र सोलुखुम्बुको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ कस्तो हुन्छ ?
मेरो निर्वाचन क्षेत्रमा अहिलेको भन्दा धेरै विकास भएको हुनेछ । किनभने जयराम घाटबाट दुधकोशीको किनारै किनार मोटरबाटो बनेर लुक्लाको सुर्केसम्म पुगेको हुनेछ । संभवतः दुधकोशीको दुई निकारबाटै मोटरबाटो बनाउनु पर्छ भन्ने योजना हामीले अगाडि बढाएको छौं । अधिकांश क्षेत्रमा दिगो विजुली छैन । अहिले हाम्रो क्षेत्रमा बिजुली उत्पादन गर्ने कम्पनीहरु झोलामा खोला हालेर हिड्नु भएको छ । उहाँहरुलाई तत्काल विजुली उत्पादन गर्न लगाउने र ५ वर्षभित्रमा हरेक गाउँमा दिगो बिजुलीमय बनाउने र सोलुखुम्बुलाई लोडसेडिङ मुक्त जिल्लाको रुपमा घोषणा गर्ने योजना छ । सम्भावित क्षेत्रको पहिचान गरी उद्योग कलकाखाना खोल्नु पर्छ भन्ने मेरो मान्यता छ । जिल्लाको माथिल्लो क्षेत्रमा पर्यटकीय हबको रुपमा विकास गर्नु गर्छु, भने तल्लो क्षेत्रलाई उत्पादनशील क्षेत्रको रुपमा विकास गर्छु । जिल्लाको हरेक क्षेत्रमा मोटर बाटो पु¥याउँछु । र अहिले भएको मोटरबाटोलाई स्तर उन्नती गर्छु ।
सोलुखुम्बुको मतदाताहरुलाई के भन्नुहुन्छ ?
संविधान जारी भएपछिको पहिलो निर्वाचन त्यस अर्थमा विगतका साथीहरुले धेरै मान्य बन्नु भयो । धेरै काम पनि गर्नु भयो होला । काम गरेकोमध्ये उहाँहरुले स्याबासी पाउने काम मैले कहि देखेको छैन । पुराना पनि भैसक्नु भएको छ । बुढो भैसक्नु भएको छ । कोही उम्मेदवारहरु टुरिष्ट नेताको रुपमा आउनु भएको छ । कोही उम्मेदवारहरु पैसा कमाएर काठमाडौंमा बसेको भरमा पैसाकै भरमा सोलुका जनतालाई किनमेलमा अथवा वस्तु विनिमयको आधारमा किनेर चुनाव जित्छु भन्ने आधारमा आउनु भएको छ । ती कुराहरुलाई सोलुका जनताहरुले बुझ्नु पर्छ, त्यसमा कुनै विद्यार्थी, किसान, बुद्धिजीवि लगायत हरेक क्षेत्रमा काम गर्नु हुने सोलुखुम्बुका दाजुभाई दीदिबहिनीहरुलाई बुझेर त्यस्ता व्यक्तित्वहरुलाई अहिले नै समाप्त गर्नु पर्छ । अहिले नै परास्त गर्नु पर्छ । र हामी सँधै जिल्लामा रहेने । सँधै जनताको माझमा रहने । सँधै दःखमा साथ दिने नेताहरुको पक्षमा लाग्नु पर्छ । त्यसैले हाम्रो बाम गठबन्धनका उम्मेदवारहरुलाई प्रतिनिधी सभाको उम्मेदवार हेमकुमार राई ‘सुरवीर’ लाई गोलाकारभित्रको हसिँया हथौडामा र प्रदेश नं १ ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेत र ‘ख’ का सम्पूर्ण न्यायप्रेमी जनताहरुले सूर्य चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।
१९ कार्तिक २०७४, आइतबार
1.1k
Shares







