२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

दुई साताभित्र नयाँ सरकार बन्छ, नेता राई


१० पुस २०७४, सोमबार  

70
Shares

काठमाडौँ, नेकपा एमाले०का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएको हो ।

राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ,राईले भन्नुभयो । राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उहाँको भनाइ थियो ।

Sagarmatha

नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री राईले नेकपा एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पार्नुभयो ।

प्रदेश नं १ को मुख्यमन्त्रीका रुपमा समेत हेरिनुभएका नेता राईले उक्त प्रदेशमा भएका प्राकृतिक सम्पदाको प्रयोग गरेर नमूना प्रदेश बनाउने बताए । प्रदेश नं १ को विकासका लागि मैले गुरुयोजनासमेत बनाइसकेको छु, भन्ने राईले जनाए । ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  १० : ५० बजे