काठमाडौं । गायक पारसमणि ढुंगानाको ‘बहकियो मन आज’ भन्ने बोलको आधुनिक गीत युट्युबबाट सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत ढुंगानाको गीत सार्वजनिक भएको हो ।

१० वर्षको उमेरमै रेडियो नेपालमा बालगीत रेकर्ड गराएपछि गायक ढुंगाना गायन क्षेत्रमा औपचारिक रुपमा लागेका थिए । रेडियो नेपालमा उनले ‘हामी साना यो देशका बालबालिका’ भन्ने बोलको बालगीत रेकर्ड गराएका थिए ।
वि. सं. २०६१ सालमा नेपाल १ च्यानलबाट प्रशारण भएको ‘मायाको डोरी’ नामक गायन शोमा विजेत बनेपछि उनलाई झन गायन क्षेत्रमै भविष्य खोज्दै पेशाको रुपमा स्थापित गर्न सजिलो भएको बताए ।

गीतमा गायक ढुंगानालाई मेलिना राईले साथ दिएका छन् । गीतको शब्दरचना प्रबुद्ध आचार्यले गरेका छन् । गीतमा नायिका शुष्मा कार्की र सुरेश लामाले अभिनय गरेका छन् । गीतको छायाङकन राहुल राईले गरेका छन् । यसको निर्देशन भने सुजन तमाङले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
१३ माघ २०७४, शनिबार
413
Shares







