काठमाडौं । ब्लड इम्फेक्सन डिजीज (नशा सम्बन्धी रोग) बाट पिडित अञ्जु राईलाई माइती गाउँबाट ६३ हजार २ सय २५ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । नेचासल्यान १ र २ वडामा संकलन गरिएको रकम पिडित राईको ठूलोबुबा रामकुमार राई, सोलुखुम्बु प्रतिनिधी सभा सदस्य हेमकुमार राई र प्रदेशसभा ‘क’ सदस्य उत्तमकुमार बस्नेतको हातबाट संयुक्त रुपमा बिरामी राईको श्रीमान धनराज राईलाई प्रदान गरिएको छ ।

३ महिनादेखि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका बिरामी अञ्जुको अवस्थाबारे बुझ्न प्रतिनिधीसभा सदस्य राई र प्रदेशसभा सदस्य बस्नेत सोमबार पाटन अस्पताल पुगेका थिए । बिरामी राईको स्वास्थ्य अवस्था समेत उपचारमा संलग्न डाक्टरसँग माननीयद्धयले बुझेका छन् । माननीयद्धयले विपन्न परिवारलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको उपचार खर्च छुटमा तत्काल पहल गर्ने बताएका छन् । उनीहरुले अस्पतालको प्रशासन र प्रमुखसँग समेत बिरामीको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन अनुरोध गरेका छन् ।
बिरामी राईलाई जन्मभूमी युवा परिवार रिदु, नेचासल्यान २, ले २० हजार २ सय ६५ रुपैँया र गाउँलेहरुबाट ४२ हजार ९ सय ६० रुपैया गरी एकमुष्ठ ६३ हजार २ सय २५ रुपैया संकलन भएको थियो । बिरामी राईलाई यसभन्दा अघि पूर्व ब्रिटिस आर्मी तथा साहित्यकार मुलिवीर राईको सहकार्यमा बेलायत लगायतका अन्य देशबाट आर्थिक सहयोग प्राप्त भैसकेको छ ।
बिरामी ठीक हुन्छ : डाक्टर
अञ्जु राईको उपचारमा संलग्न डाक्टरहरुले बिरामी अञ्जु राई ठीक हुने बताएका छन् । नशासम्बन्धी रोग भएकाले निरन्तर लामो समयसम्म उपचार गरिएपछि मात्र बिरामी ठीक हुने बताएका छन् ।
हजारौं व्यक्तिमध्ये कमैमा मात्र हुने दुर्लब यस्ता रोगबाट बिरामीहरु ठिक भएको डाक्टरहरुले बताएका छन् । बिरामी अञ्जु पनि भर्खर १७ वर्ष मात्र भएकाले उपचारपछि ठीक हुने डाक्टरहरुको भनाई छ ।

१५ माघ २०७४, सोमबार
623
Shares







