काठमाडौं । नेकपा माओवादी केन्द्र पुनर्गठन गर्न गोपाल किरातीले आव्हान गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रेस विज्ञप्ती जारी गर्दै किरातीले माओवादी केन्द्र पुनर्गठन गर्न आव्हान गरेका हुन् ।

‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समूह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु, र माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न विशेष आव्हान गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
किरातीले नेकपा माओवादी केन्द्रको संयोजकको रुपमा विज्ञप्ती जारी गरेको बताएका छन् ।

८ फाल्गुन २०७४, मंगलबार
357
Shares







