१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिने:प्रधानमन्त्री



काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताउनुभएको छ ।

बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु” –भन्नुभयो ।

गोरखाका सांसदद्वय कृष्ण धिताल र छमबहादुर गुरुङ एवम् पूर्व सांसद अम्बर गुरुङको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र पेस गर्दै जिल्लाको विकास निर्माणमा ध्यान दिन अनुरोध गरेको स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले राससलाई जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १२ भाद्र २०७३, आइतबार  ७ : ४८ बजे