९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

अभिनयलाई पछ्याउँदै टंकराज कुलुङ [भिडियो सहित]



काठमाडौं । पछिल्लो समय नेपालमा ईन्टरनेटको प्रयोगकर्ता बढेसँगै विभिन्न सामाजिक सञ्जाल चलाउनेको संख्या पनि ह्वात्तै बढेको छ । युट्युब, फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल चलाउनेको संख्या नेपालमा पनि ह्वात्तै बढेको हो ।
ईन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल चलाउनेको संख्या बढेसँगै म्यूजिक भिडियो, सर्ट फिल्म, विभिन्न नामका युट्युब च्यानलहरु सञ्चालनमा आएका छन् । त्यसैको भिडमा अभिनयलाई पछ्याउँदै छन् टंकराज होङेलु कुलुङ ।

कुलुङले विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनी निरन्तर रुपमा अभिनयमा लागिरहेका छन् । भर्खरै सार्वजनिक गरिएको ‘तस्वीर’ गीति एल्बमको ‘बाह्र मासे’ बोलको गीतमा उनले अभिनय गरेका छन् । व्यसायसँगै समयलाई म्यानेज गरेर म्यूजिक भिडियोमा अभिनय गरेको उनको भनाई छ ।
‘बाह्र मासे’ बोलको गीतमा कन्काइष्ट राई र दीपा लामाले आवाज दिएका छन् । दीलिप राई ‘सागर’ ले शब्द रचना गरेका हुन् । कम्पोज डक्टर किरातको रहेको छ भने एरेञ्ज बुद्ध स्याङबोले गरेका छन् ।
म्यूजिक भिडियोमा टंकराज होङेलु कुलुङ, अर्चना काउँछामगर, केट्रिन होङेलु कुलुङ र हितशंकर कुलुङले अभिनय गरेका छन् । गोविन राजभण्डारी र राज कुलुङले संयुक्त रुपमा निर्देशन छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/x3tc7WRGS5E

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार  ४ : ४३ बजे