भूकम्पभन्दा ठूलो डिजास्टर नाकाबन्द हो:कामी शेर्पा

Facebook Debugger

हिमाली जिल्ला सोलुखुम्बुको डाँडापारीको गाविस गोली ८ गुम्बाडाँडामा वि. सं. २०२१ साल माघ २ गते जन्मिएका कामी शेर्पा सफल पर्यटन व्यवसायी हुन् । सन् १९८१ बाट टे«किङ पेशा शुरु गरेका शेर्पाले नेपालको पर्यटन क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । शेर्पा कोअपरेटिबबाट टे«किङ पेशामा होमिएका शेर्पाले सुमित टे«किङ, मनासलु ट्रेकिङ, ग्रेट हिमालयन टे«किङमा काम गरे । लामो समय कामदारको रुपमा टे«किङ कम्पनीमा काम गरेका शेर्पाले केहि समयपछि नेपाल टे«क नामक टे«किङ कम्पनी संयुक्त दर्ता गरी चलाएका थिए । सन् १९९५ मा अन्नपूर्ण टे«क एण्ड एक्सपीडिसन टे«किङ कम्पनी एकल दर्ता गरे । हालसम्म अन्नपूर्ण टे«किङ कम्पनीको प्रबन्ध निर्देशकको रुपमा आफ्नै लगानीमा काम गरिरहेका छन् । पर्यटन क्षेत्रको विकासका लागि शेर्पाले युरोपको २० भन्दा बढी देशको भ्रमण गरेका छन् । यसको साथै टर्की, पाकिस्तान, भारत, चीन, भूटान, थाइल्याण्ड लगायत विश्वको ३० देशभन्दा बढी देशको भ्रमण गरिसकेका छन् । शेर्पाले पर्यटन क्षेत्रमै लागेर प्राण त्याग गर्ने इच्छा राखेका छन् । शेर्पा भन्छन् ‘अहिलेको समयमा आएर पर्यटन पेशा त्याग्नु भनेको श्रीमतीसँग बिछोड हुनु जस्तै हो ।’ पर्यटन क्षेत्रसँगै सामाजिक क्षेत्रमा काम गर्ने शेर्पाको चाहना छ । भूकम्प र नाकाबन्दपछि नेपालको पर्यटन क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा अन्नपूर्ण टे«क एण्ड एक्सपीडिसन टे«किङ कम्पनीका प्रबन्ध निर्देशक कामी शेर्पासँग सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा एभरेष्ट ट्रेल रेशको शुरुवात गर्नु भएको छ, यो खेलको अवधारणा कहाँबाट आयो ?

एभरेष्ट टे«ल रेशको अवधारण विकास गर्न हामीलाई तीन वर्ष लाग्यो । खासगरी यो खेल पहिले दक्षिण अफ्रिका र स्पेनका विभिन्न क्षेत्रमा चलिरहेको थियो । हाम्रो ठाउँमा पनि यस्तो खेल खेलाउनको लागि ठीक छ की छैन भनेर एउटा आधार बनायौं । उनीहरुलाई सुविधा दिन सकिन्छ की सकिदैन भनेर तीन वर्ष अध्ययन ग¥यौं । बाटोहरुलाई फिक्स गर्नु प¥यो । त्यसलाई नापजाप गर्ने काम ग¥यौं । कुन ठाउँमा हेलिकोप्टर बस्न सक्छ सक्दैन, लोकेशन हे¥यौं । विदेशीलाई भौतिक सुविधा कत्तिको सहज हुन्छ भन्ने कुरा समेत हामीले पूरै अध्ययन गर्नु प¥यो । हामीले एभरेष्ट टे«ल रेश सञ्चालनको लागि बाटोहरु देखायौं, बाटो देखाईसकेपछि यत्तिको बाटोमा एभरेष्ट टे«ल रेश हुन सक्छ भन्ने कुुरा उनीहरुले निष्कर्ष निकाले त्यसपछि हामीले सामुहिक रुपमा अवधारणा विकास गरेर नेपालकै साहसिक खेलको रुपमा एभरेष्ट ट्रेल रेश गरायौं । एभरेष्ट टे«ल रेसलाई म्याराथुन भन्न मिल्दैन, यसलाई अल्ट्रा रेश भनिन्छ । एभरेष्ट टे«ल रेश राख्नुको मुख्य कारण चाँही सगरमाथालाई चिनाउने सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले जुन बाटो भएर हिडे त्यो बाटोलाई सदा जीवित पछिसम्म राख्नको लागि पनि त्यो एउटा ऐतिहासिक बाटो होस भन्ने हिसावले एभरेष्ट ट्रेल रेस राखेका हौं ।

नेपालमा यसको सम्भावना सगरमाथा क्षेत्रमा मात्र अलि बढी हो की अन्य क्षेत्रमा पनि यस्तो साहसिक खेलहरु सञ्चालन गर्न सकिन्छ ?

साहसिक खेल त नेपालको धेरै क्षेत्रमा सञ्चालन गर्न सकिन्छ । किन भने अरु देशमा नेपालको जस्तो संरचनाहरु छैन । हाम्रो देशमा भौगोलिक बनावटका कारण समेत साहसिक खेल संभव छ । तर हामी मानव जातिबाट ती ठाउँहरुलाई संरक्षण गर्न सकेका छैनौं । यसलाई उदाहरणको रुपमा भन्दा नेपालको लोमान्थाङ जस्तो ठाउँमा गाडी पु¥याउनु, सोलुखुम्बुको लुक्ला जस्तो ठाउँमा गाडी पु¥याउनु अथवा ओलाङचुङ गोला जस्तो ठाउँतिर गाडि पु¥याउनु भनेको गलत कुरा हो । सरकारको गलत नीति हो । यस्तो ठाउँलाई संरक्षण गरेर राख्नु पर्छ । त्यहाँको मानिसलाई सक्दो सुविधा, शिक्षा क्षेत्रमा सुविधा हुनु पर्छ, अस्पतालमा डक्टरहरुको सुविधा, मोटर बाटो बाहेक अरु सबै अत्याधिक सुविधा दिएर राखेको हुनु पर्छ । त्यस्तो ठाउँलाई एउँटा संरक्षणको क्षेत्र राख्नु पर्छ । यस्तै गरेर मोटर बाटो खोल्दै जाने हो भने अनि हाम्रो प्रकृतिलाई विनास गर्दै जाने हो भने हाम्रो आर्थिक भविष्य राम्रो छैन ।

सोलुखुम्बुमा अन्य प्राकृति सुन्दरताहरु छन् ? तर हिमाललाई मात्र प्राथमिकता दिन्छन्, हिमालको सुन्दरता बेचेर कहिलेसम्म पर्यटकहरुलाई आकर्षित गर्ने ? पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा दिनानुदिन हिमालको हिँउ पग्लिएर कालो पहाडमा परिणत हुँदै छ, अन्य सम्भावनाहरु के हुन सक्छ ?

हामिले प्रत्येक वर्षको एक पटक सञ्चालन गर्ने एभरेष्ट ट्रेल रेस चाँही जित हासिल गर्नको लागि मात्र होइन । तपाईले भनेभैm हिमालको सुन्दरता बाहेक अन्य क्षेत्रबाट पनि पर्यटक तान्न सकिन्छ भन्ने उदाहरण हो । यस्तो रेस लो लेबलदेखि हाई लेबलसम्म गएको हुन्छ । यानकी प्राकृतिक हिसावले पनि माथिसम्म गएको हुन्छ । हामी त्यो टे«ल रेसलाई सकेसम्म गाडीको बाटो नछुने किसिमले दौडाउने सोच हो । Kami-Sherpa-Photo.हामिले त्यो सोच राख्नको कारण के हो भने शुरुदेखि क्षेत्र÷क्षेत्र वाईज, साँस्कृतिक वाईज गर्दा पनि पर्यटकहरुलाई रमाईलो हुन्छ । यस्तो प्रतियोगीताले प्रकृतिको पनि फेस डेली चेन्ज हुँदै जाने भएको हुनाले उनीहरु एकदम सुन्दरतामा रमाउने हुन्छ । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा देखिएको छ । यसरी तापक्रम बृद्धि हुनमा तपाई हाम्रै ठूलो हात छ । जंगलहरु दिनप्रतिदिन नासिदै छन् । ठूलो ठूलो निर्माणका कामले पनि प्रकृतिलाई असर पारिरहेको छ । खोलामा बगेर आएको बालुवालाई माफिया तरिकाले निरन्तर झिकेर प्रयोग गरिरहेका छन् । खोला छेउछाउको वातावरण पनि दुषित बनाए । त्यहाँको माछा, त्यहाँको पाहाहरु त्यहाँको नेचुरल खोलामा बग्ने कुनै पनि चीजहरु त्यस्तो भयो । मलाई जहाँसम्म लाग्छ यो प्रकृतिमा जति पनि जीव जनावरहरु छ, हरेक जीव जनावरहरुको आ–आफ्नो भूमिका हुन्छ । हाम्रो देशको प्रकृतिलाई सही ठाउँमा राख्नको लागि नेपाल सरकारले यो भन्दा राम्रो बनाउँन नसके पनि यो भन्दा बिग्रीनु नदिनु चाँही ठूलो कुरा हुन्छ । त्यसैले मलाई जहासम्म लाग्छ अहिलेसम्म त सरकारले नाराको रुपमा मात्र सिमित राखेको छ, तर आउने दिनमा सरकारमा रहेको व्यक्तिको अलिकति बुद्धिको बिर्को खोल्यो भने नेचुरललाई चाँही सक्दो, तपाई हामी मानव जातिले संरक्षण गर्नु पर्छ ।

भूइचालो र विभिन्न प्राकृतिक प्रकोपले थलिएको नेपालमा स्प्रीङ सिजन पनि शुरु भैसक्यो, पर्यटकहरुलाई आकर्षण गर्न कसले के गर्नु पर्ला ?

नेपालमा विभिन्न देशका पर्यटकहरुसँग काम गर्ने व्यक्तिहरु छन् । मेरो स्पेसिलिष्ट भनेको स्पेनीस हो । म स्पेनीस भाष राम्रो बोल्छु । मेरो एक्सन पनि फर्पेmक्ट नै छ । उनीहरुले गर्न खोजेको, सोचेको सेवा के हो ? नेपाल आउँदा खेरी मलाई यस्तो भए हुन्थ्यो भन्ने उनीहरुको सोचलाई फलो गर्न सके भनेपनि नेपालमा धेरै पर्यटक भित्र्याउन सकिन्छ । नेपालमा एक सय भन्दा बढी देशमा काम गर्ने पर्यटन व्यवसायीहरु छन् । त्यक्तिकै भाषा बोल्ने मानिसहरु पनि यही छन् । त्यसैले यदि नेपाल सरकारले चाहाने हो भने ल यो÷यो देशमा काम गर्नेलाई एक दिन मन्त्रालयमा बोलाउ, उनीहरुलाई निर्देशन देउ नेपालको बारेमा हामी यसो÷यसो तरिकाले पर्यटन क्षेत्रमा काम गर । तीमीहरुले पर्यटन क्षेत्रको प्रमोट गर । हामीले तिमीहरुलाई यो किसिमको सुविधा दिन्छौ भनेको अवस्थामा यो सेक्टर÷सेक्टर वाइज गरेर छलपल गर्ने हो भने पनि नेपालमा सजिलै पर्यटकहरु आकर्षण गर्न सकिन्छ । सरकारले हामीलाई मनिटरिङ गरेको अवस्थामा हामी एनीटायम यो कुरा त्यहाँ पु¥याएर आफ्नो व्यक्तिगत लगानी गरेरै भएपनि ब्रोसर बनाएर त्यो देशमा पु¥याउन सक्छौं । उनीहरुलाई पनि एकदम दुःख छ । कि नेपालमा प्राकृतिक घटना भयो । नेपालीहरुको स्वाभीमानलाई उनीहरुले सलुट गर्छन् । हामी जतिसुकै दुःखमा दबेर बसेपनि हाम्रो अनुहारको हाँसोले उनीहरुलाई आकर्षण गर्छ । त्यसैले उनीहरुले नेपालीलाई माया गर्छन । तर सरकारी तहबाट चाँही कुनै पहल भने भएको छैन । इभन हामी आफ्नै पैसा खर्च गरेर देश विदेश जानु प¥यो, हाम्रो देशको पर्यटन क्षेत्रलाई प्रमोट गर्न जानु प¥यो भने टुरिजम बोर्डको मान्छेहरुले हामीलाई खर्च गराएर उनीहरु फ्रिमा जान खोज्छन् । मन्त्रालयको भत्ता खाइदिन्छन् । यी सबै कुराहरु गर्दा हामीलाई अभैm पीडा माथी पीडा थपेको जस्तो लाग्छ । पर्यटन मन्त्रालयबाट अथवा पर्यटन बोर्डबाट चाँही नेपालको बारेमा बताउने मानिस एकदमै कमजोरी छ । नेपालको बारेमा कोही पर्यटकले गएर राम्रो जानकारी लिने हो भने पूर्व पश्चिम हाम्रो यहाँको कल्चरको कसैले पनि राम्रोसँग पूmलफिल तरिकाले बताउन सक्ने मान्छे नै छैन ।

पर्यटन मन्त्रालय, पर्यटन विभागमा काम गर्ने कर्मचारीको पर्यटन क्षेत्रको विज्ञता कतिको पाउनु भएको छ ?

उनीहरुको छाक टार्ने काम र उनीहरुको दिन कटाएर तलब खाने काम मात्रै हो जस्तो लाग्छ । खासै यो दायित्व मेरो हो भन्ने अहिलेसम्म कुनै कर्मचारी भेट्टाएको छैन । मेरो कार्यकालमा मैले यत्ति नाम कमाएर देखाउनु पर्छ भन्ने उनीहरुमा केही पनि छैन । राजाको काम कहिले जाला घाम भन्ने उखान जस्तै छ । पर्यटन बोर्डमा लेटेस÷लेटेस फोटो ल निकाल भन्यो भने छैन । पर्यटक स्वयमले खिचेर उनीहरुको कम्प्युटरमा डाउनलोड गरेर राखेको फोटो समेत उनीहरुले संरक्षण गर्न सकेका छैनन् । किन की हामी त चेन्जेबल हो नी त । धर्ती चेन्ज हुन्छ । हिमाल चेन्ज हुन्छ । मौसम चेन्ज हुन्छ । हामी चेन्ज हुन्छौं । हाम्रो सोचमा चेन्ज आउँछ । त्यसैले गत साल लिएको फोटाहरु र अहिले लिएको फोटोहरु मिल्दैन । अहिले प्रविधिमा समेत परिवर्तन भएको छ । यी सबले यीनीहरुले पर्यटन बोर्डबाट कुनै पनि ब्रोसरमा फोटोहरु खिचेर फोटो छापेर विदेशमा पठाउने हो भनेदेखि यीनीहरुले करिब योभन्दा ३०, २०, १५ वर्ष अगाडिका फोटोहरु धुलाएर त्यहाँ मुनी नामहरु लेखेर पठाउने गर्दछन् । र बढी जसो विज्ञापन गर्ने जस्तो नेपालको बारेमा उनीहरुले खासै खारिएर लेखेको हुँदैन । यो चाँही दुःख लाग्दो कुरा हो । जबकी नामै टुरिजम बोर्ड भनेर लेखे पछि टुरिजमको त एकदमै भित्र गहिरिएर अध्ययन गर्नु प¥यो नी त हैन । किन हामी त सरकारलाई कर तिरेर, कति मानिसलाई काम दिलाएर, अनि त्यसपछि स्वयम बाँच्ने हो । कर तिर्दा पनि कहिले कहिले त के हुन्छ भने गत साल तिमीले यत्ति तिरेको यसपाली त बढी हुनु पर्ने अटोमेटिकल्ली व्यापार गरे जस्तो कुरा गर्छन् । अब राज्यबाट यो भएन उ भएन प्राकृतिक दुर्घटना भयो भन्ने कुरा त छ दै छैन । गत साल यत्रो धेरै तिरेको यसपाली तिमी किन नतिर्ने यसपाली त स्वभाविक रुपमा व्यापार बढेको हुनु पर्छ भन्ने प्रश्न गर्ने ? अनि हामीले यस्तो हो उस्तो हो । यस्तो तरिकाले कम भो । यस्तो तरिकाले भएन भनेर चाँही मौखिक बुझाएर दश औला जोडेर विन्ती गर्छौं ।

पर्यटन क्षेत्रमा काम गर्ने प्राइभेट संस्थाहरुले विदेशी पर्यटकहरुबाट लिएको फि दुरुपयोग गर्छन भन्ने गुनासो आउँछ नी यो बारेमा तपाईको धारण के छ ?

यो त १०० प्रतिशत नै सही हो । त्यो मात्रै होइन टिम्स कार्डबाट नै टानमा त करोडौं उठ्छ । हामी संघसंस्थाबाट पनि वार्षिक सदस्यता शुल्क उठ्छ । टानले कुनै कुनै ठाउँमा त गर्न खोजेको छ त्यो चाँही कस्तो भएको छ भने कुहिरो भित्र धुप लागाए जस्तो भएको छ । अलिकति नदेख्ने कामहरु, अलि नगरिने कामहरु भएको छ । टानभित्र पनि धेरै भ्रष्टाचार छ । यो भन्दा अगाडिको जुन अध्यक्षले गरे त्यो धेरै भ्रष्टचारी छ । र पर्यटन मन्त्रालयले एउटा टान जस्तो संस्थालाई पनि कारबाही गर्न नसक्दा पनि हामीलाई दुःख लाग्छ । यसमा म के भन्छु भनेदेखि हामी टे«किङ व्यवसायीले पनि न्यूनतम फि तिरेकै हुन्छौं । फि तिरेपछि हामी त्यहाँको सदस्य भयौं । सदस्य भएको नाताले दुई वर्ष अगाडि हुदहुद आँधी आउँदा धेरै पर्यटनकर्मी मरे । त्यसमा पोटर शेर्पाहरु मरे । ती मध्येमा मेरो कम्पनीमा काम गर्ने तीन जना कामदार मरेका थिए । मरेको मध्येमा अहिलेसम्म एक जनाको लाश पाएको छैन । अब लाश नपाउँदाखेरी टानले पहल गरेर या पर्यटन मन्त्रालयले पहल गरेर चाँही क्याबिनेटबाट यो मान्छे मरेको हो भनेर पुष्टि गरेर दिनु पर्ने हामीले पनि उनीहरुको परिवारलाई पैसा दिनु पर्छ । इन्सुरेन्स दिनु पर्छ । हामीले बीमा गर्दा पैसा तिरेका छौं । अब नेपाल सरकारले मान्छे मरेको हो भनेर पुष्टि नगरिदिने उता परिवार पीडित भएर हामीलाई नराम्रो मान्छ हामीले पैसा नदिएपछि तर हामीले उनीहरुले पाउने पैसा चाही दिइसक्यौं । तर हामीले क्लेम गरेर लिनु पर्ने पैसा अहिलेसम्म लिने आधारै छैन, किनभने अब लाश खोज्न गयो भने लाश पाइदैन, मान्छे मरेको हो भन्ने कुरा सबैलाई थाहा छ । तर पुलिसले हामीलाई म¥यो भनेर कुनै किसिमको प्रमाण दिएको छैन । जबसम्म मान्छे मरेको हो भनेर प्रमाण दिदैन तबसम्म हामीले इन्सुरेन्सबाट पैसा झिक्न पाइदै । निमुखा जनताहरु कुल्ली, किचेन बई यस्तो काम गरेर खाने मान्छेलाई झन यो कानुन बुझिसक्नु नै छैन । तब हामीले थोरै गुमाएर पुग्ने कोशिस गर्दछौं, अनि त्यही आधारमा फेरी हामीले पीडित व्यक्तिलाई सहयोग गर्दाखेरी हामी आपैm पिडित हुने, त्यो भएको हुनाले यही कुराकानी मार्पmत अभैm पनि नेपाल सरकारलाई के भन्छु भने यी दिवंगत आत्मालाई पनि चीर शान्ती पाउनको लागि उनीहरुको दाहा संस्कार पनि गरेको छैन । एक जना मरेको हैन मोरदेन ८०/८५ जना मान्छे मरेको छ । त्यत्रो मान्छे मर्दाखेरी एक किसिमले राष्ट्रिय शोक मनाउनु पर्ने अवस्थाको थियो । तर उनीहरुले केहि गरेनन् । टानको मान्छेले हेलिकोप्टर चार्टर गरेर खायो भनेर करिब ३ करोड घोटला गरेको छ । म यही कुराकानी मार्पmत भन्छु सरासर घोटला हो । त्यहाँ दुई चार टिपभन्दा हेलिकोप्टर चार्टर गरेकै छैन । अब अहिलेको नयाँ कार्यसमितिले यसमा के एक्सन लिन्छ त्यो हेर्न बाँकी नै छ । यहाँ त हरेक ठाउँमा विकासभन्दा विनाश बढी भएको छ, मरेको मान्छेमाथी राजनीति गर्छ, बिरामी मान्छेमाथी राजनीति गर्छ, यस्तो अवस्थामा देश कसरी चल्छ, हेर्नुस त अब नयाँ सरकारले नयाँ सोच लिएर काम गर्नु प¥यो । ६÷६ वटा उपप्रधानमन्त्री छ, हैन मलाई त यत्ति डर लाग्नु थाल्यो की सिंहदरबार बालुवाटारतिर गयो भने हामीलाई पनि समातेर मन्त्री बनाउँछन् की भन्ने डर लाग्यो । त्यसैले गर्दा म त्यो छेउ त्यत्ति जान्न ।

नेपालको हरेक क्षेत्रमा राजनीतिक भागबन्डा लगाउने प्रचलन नै कायम भएको छ ? ती संघ संस्थाहरुलाई राजनीतिक मुक्त बनाउन के गर्नु पर्ला ?

राजनीति गर्नेहरु पनि तपाई हामी जस्तै मानिस हुन । जबसम्म मानिसको दिमागमा चेतना आउँदैन तबसम्म कुकुरको पुछरलाई १२ वर्षसम्म ढुङ्ग्रोमा राख्दा पनि उस्तै हुन्छ भने जस्तै हो । कुनै पनि संघ संस्थामा बस्नु भनेको त्यसलाई हामीले पैसा दिएर संघ संस्था चल्दैन, र त्यो सँधै पैसाले चल्ने पनि छैन, हुन त पैसा बिना त चल्दैन, तर पैसाभन्दा ठूलो संघ संस्थामा बस्दाखेरी हामीले विचार दिनु पर्छ जब हामी विचारमा फेल खान्छौं नी हामी त्यो संघ संस्थामा बस्ने कुनै औचित्य नै छैन । जस्तो की कुनै मन्त्री फेलर भयो भने उसले त सरी मागेर ऊ त्यही दिनमा जानु प¥यो, यहाँ त उनीहरुले हाइकम मच्याएर, गुण्डागर्दी गराएर उल्टो कसैले सुन्न नसक्ने, कसैले देख्न नसक्ने खालका राजनितीहरु गर्छन् । नेपाल सरकारको तर्पmबाट अहिलेसम्म यहाँको योङ जेनेरेशन, हाम्रो कम्युनिटी देखि लिएर सबैलाई कस्तो किसिमको म्यासेज दिएको छ भने काम गरेर खा भनेर म्यासेज दिएकै छैन । ठगेर खा, फटाह गरेर खा, लुटेर खा, फटाहा बोलेर खा भनेर यस्तै किसिमको सुझबुझहरु दिएको छ । जो मान्छे काम गर्छु, म यस्तो गर्छु, मैले यस्तो गरे भन्यो भने त्यसलाई दश थरीको पेपरहरु देखाएर बीस पेज तीस पेज देखाएर ह्यारेजमेन दिलाउने काम मात्र गर्छ । जब त्यो ठाउँमा पुग्छ त बुढो भैसकेको हुन्छ । काम गर्ने इनर्जीनै लश भैसकेको हुन्छ । त्यसले गर्दा खेरी कुनै पनि नीति नियमहरु चाँही प्रष्ट बुझ्ने तरिकाले सरल भाषामा बुझ्ने तरिकाले बनायो भने उचित हुन्छ ।

पर्यटन व्यवसायीहरुलाई के भन्नु हुन्छ ?

पर्यटन क्षेत्रमा कोही मभन्दा धेरै विज्ञ छन्, कोही म भन्दा जुनियर छन् । मैले सबभन्दा टे«किङ एजेन्सी खोलेको सन् १९९१ मा हो । अहिलेको अवस्थामा थोरै नाफामा पर्यटकहरुलाई एकदम फुलफिल बनाएर पठाउनु पर्छ । पर्यटकहरुलाई मुटुमाथी ढुंगा राखेर भए पनि हाँसो र न्यानोपन दिएर स्वागत गर्नु पर्छ जस्तो लाग्छ । भूकम्प पीडित त राष्ट्रिय विपत्ती हो सबैले स्वीकार गरे हामीले पनि स्वीकार ग¥यौं र हामीसँग सम्पर्कमा रहेका विदेशीहरुले सहयोग पनि गरे । अहिले गर्नेवाला पनि छन्, अहिले गरिरहेका पनि छन् ? हामी पनि आफ्नो क्षेत्रबाट गरिरहेका छौं । गाउँठाउँमा चिनेको ठाउँमा चिनेको मान्छेहरुलाई हामी पनि भूकम्प प्रभावित क्षेत्रमा धेरै काम गरिरहेका छौं । हाम्रो पनि संस्था छ । इभन नेपाल सरकारले त्यत्ति गरेन होला । सबभन्दा डिजास्टरचाँही कहा भो भने यो जुन पाँच महिनाको नाबन्द भयो नी यसलाई राजनैतिक भूकम्प भन्दा दुईमत नहोला । भूकम्प प्राकृतिक प्रकोप हो तर भूकम्पभन्दा ठूलो पीडादायी चाँही यो नाकाबन्द भयो । यसले यत्ति नराम्रो म्यासेज पठायो की विदेशमा नेपालमा प्रेट्रोल पाउदैन, गाडी पाउदैन, प्लेन पाउँदैन, तिमी के हेर्नु जान्छौं । यसले हाम्रो नेपाली समाजप्रति विदेशी पर्यटकहरुको नजर नकारात्मक रुपमा लग्यो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार