ओखलढुंगा पुगेर उपेन्द्र यादवले किन गरे भारतको विरोध ?

Facebook Debugger

ओखलढुंगा, २ असोज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधान संसोधनको मुद्दामा गम्भीर नभएको बताएका छन् । संयुक्त मधेशी मोर्चाले राखेका माग पुरा गर्ने मुख्य प्रस्थान विन्दु संविधान संसोधन भए पनि सरकार गम्भीर नभएको यादवले आरोप लगाए ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति ओखलढुंगाले आयोजनाको पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले सरकारले संविधान संसोधा गर्न तयार रहेको बताए पनि यो संसोधन गर्छु भनेर ठोस प्रस्ताव नल्याएको गुनासो गरे । ‘हामी विभिन्न बुँदामा माग राखेका छौं तर, प्रधानमन्त्रीले भारत जानु अघि नै संसोधन गर्छु भने पनि प्रस्ताव नै ल्याउनु भएन’ यादवले भने ।
संविधानले आदीवासी, जनजाति, पिछडा वर्ग मधेशीको सवाल र अधिकार सम्बोधन नगरेकाले आफुहरुले स्वीकार गरेको पत्रकार सम्मेलनमा यादवले बताए । प्रचण्डको भारत भ्रमणमा जारी संयुक्त वक्तव्यमा समेत संविधानलाई सबैलाई स्वीकार्य हुने गरि समृद्ध बनाउने विषय समावेश भएको भन्दै यादवले मधेशी जनताले उठाएका मागले अन्र्तराष्ट्रिय रुपमा मान्यता पाएको दावी पनि गरे ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले भारतमा नेपालको आन्तिरिक मामिलामा छलफल हुँदा विभिन्न अर्थ लागे पनि आफ्नो एजेण्डा सहि भएको पुष्टि भएको जिकिर गरे । उनले नेपालका मुद्दा नेपालमै बसेर समाधान गर्न सकिने भएकाले भारतमा बहस आवश्यक नभएको बताए । यादवले भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा नेपालका आन्तरिक मामिला समेटिएकामा घुमाउरो पारामा असन्तुष्टी जनाए ।
संविधान संसोधन नभएसम्म आफुहरु सरकारमा नजाने बताउँदै उनले आफुहरुलाई सरकारमा जाने हतारो नभएको स्पष्ट पारे । संचारकर्मीहरुको जिज्ञासामा यादवले संविधान संसोधनको मुद्दाबाट एमाले भाग्न नसक्ने पनि बताए । नेपालका समस्या सबै मिलेर समाधान गर्न सकिने उनको भनाइ छ ।
असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गर्दै यादवले प्रतिगामी संविधानले आम नेपालीको हित नगर्ने भएकाले आफ्नो पार्टीले देशैभर कालो झण्डा राखेर विरोध गर्ने पनि यादवले जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार