२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

सोलुखुम्बुमा माउण्टेन एयरको हेलीकोप्टर दुर्घटना



सोलुखुम्बु, ९ असोज । सोलुखुम्बुको जुभिङमा माउण्टेन एयरको हेलीकोप्टर दुर्घटना भएको छ । जुभीङ ५ बुक्साबाट बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इञ्जीन बन्द भएपछि क्याप्टेन सुरेश थापाले आकस्मीक रुपमा हेलीकोप्टरलाई सोही हेलीप्याडमा फोर्स ल्याण्डिङ गराएका थिए । हेलीकोप्टरमा सवार ६ जनाको अवस्था सकुशल रहेको छ ।
हेलीकोप्टरको अगाडी भागमा ठोक्कएिपछि क्षति पुगेको छ । आज बिहान करिब साँडे ७ बजे दुर्घटना भएको प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए । बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलीकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामी सहित अन्य ४ जना आफन्त लिएर पुनः लुक्ला उडेको हेलीकोप्टर दुर्घटनामा परेको हो ।
helicoptar-accdent-photo-solukhumbu
दुर्घटना पछि श्रीएयरको हेलीकोप्टरले उनीहरु सबै जनालाइ उद्धार गरि लुक्ला पु¥याएको छ । टेकअफ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इञ्जिनमा खराबी देखिएको नोटीफिकेशनको संकेत आएपछि क्याप्टेन थापाले फोर्स ल्याण्डिङ्ग गर्नलाग्दा हेलिकप्टर दुर्घटनमा परेको लुक्ला विमानस्थल उड्ययन प्राधिकरणका प्रमुखले बताए । जुभीङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाच्चीएर घाइते भए पछि उपचारका लागि अस्पताल लैजान हेलीकोप्टर झिकाइएको थियो ।
नाइनएन–एएलक्यू कल साइन भएको हेलिकप्टर नेपालमा भएकामध्ये आधुनिक हो । सात जनासम्म यात्रु क्षमता भएको यसको इन्जिन शक्तिशाली छ । ग्लास ककपिट भएको यो हेलिकप्टर पर्वतीय उडानका लागि उत्कृष्ट मानिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७३, आइतबार  ९ : ३१ बजे